एशियाडको लागि कराते छनौट बिहिवार हुने

मित्र राष्ट्र चीनको हाङजाउमा आगामी सेप्टेम्वरमा हुन गईरहेको १९ ओैं एशियन गेम्सको लागि कराते खेलको बृहद खुल्ला राष्ट्रिय कराते छनौट प्रतियोगता बिहवार देखि हुने भएको छ । पुरुष तर्फ -६०,-७५,-८४ ,एकल काता र महिला तर्फ -५५,-६८,+६८ र एकल काता गरि ८ वटा ईभेन्टसमा प्रतिस्पर्धा गराईनेछ । त्यसैगरी उक्त छनौट प्रतियोगितामा सहभागि हुन निम्नानुशार मापदण्ड पनि तोकिएको छ । उक्त छनौट प्रतियोगितामा साफ गेम्स,एशियन गेम्स,बिश्व कराते महासंघ WKF को प्रतियोगितामा सहभागि,एशियन कराते महासंघ AKF को प्रतियोगितामा सहभागि खेलाडि,१३ ओै साग गेम्समा बन्द प्रशिक्षणमा रहेका खेलाडीका साथै राष्ट्रिय खेलकुद परिषदद्धारा आयोजित छैटौ,सातौ र आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता,४८ ओै गौतमबुद्ध राष्ट्रिय कराते प्रतियोगिता,५० ओै राखेप च्याम्पियनसिप राष्ट्रिय कराते प्रतियोगिता,कृष्ण प्रसाद भट्टराई स्मृती राष्ट्रिय कराते प्रतियोगिता,गणेशमान सिंह फाउण्डेशन राष्ट्रिय कराते प्रतियोगिताहरुमा पदक बिजेता खेलाडीहरुले सहभागि हुन पाउने मापदण्ड तय गरिएको छ । साथै सहभागि जनाउने खेलाडीहरुले माथि उल्लेखित प्रतियोगितामा सहभागी भएको प्रमाण-पत्र सहित आफ्नो परिचय खुल्ने परिचय पत्र सहित उपस्थित हुनुपर्नेछ । २०७९ बैशाख १४ गते बुधवार बसेको नेपाल कराते महासंघको १३ ओै बैठकले माथि उल्लेखित मापदण्ड र छनौट मिति तय गरेको नेपाल कराते महासंघले जारी गरेको प्रेश बिज्ञप्तीमा उल्लेख गरिएको छ  । साथै महासंघले केही दिन अघि केही सन्चारमाध्यमबाट नेपाल कराते महासंघ ३ बर्षदेखि कार्यक्रम बिहिन भएको भन्ने समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको र बिगत ३ बर्ष देखि बर्तमानसम्म लगातार राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितागरि कुल ३७ वटा सन्चालन भईसकेको जनाएको छ । साथै महासंघले सन्चारमाध्यमहरुले कुनै ब्यक्ती बिशेषले तथ्य र अर्थहिन समाचार उपलब्ध गराएको भरमा समाचार सम्प्रेषण गर्दा खेलकर्मीको मनोवल गिर्ने हुनाले त्यस्ता तथ्यहिन समाचारलाई सम्प्रेषण नगर्न अनुरोध गरेको छ । साथै कराते खेललाई बिगतमा गरेको सहयोग,सदभाव प्रति आभार ,सम्मान र कृतज्ञता ब्यक्त गर्दै,आगामी हुने १९ ओै एशियाडका लागि यस छनौट प्रतियोगितामा खेलाडी र खेलकर्मीहरुको थप उर्जा र हौशला प्रदान गर्न बिभिन्न संचारमाध्यमबाट उपस्थित भई समाचार संकलन गरि सहयोग गर्नहुन अपिल गरेको छ । काठमाण्डौको लैनचौर स्थित टिटी कभर्डहलमा ३ दिनसम्म सन्चालन हुने उक्त छनौट बैशाख १७ गते शनिवार सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *