Introduction

शाखा डोजो नक्सालको एक परिचय

नेपाल सितोरियो कराते डो संघ,शाखा डोजो नक्साल २०५५ साल चैत्र २३ गते काठमाडौं महानगरपालिका वडा नम्बर १ नक्सालमा स्थापना भएको हो ।यस डोजो राष्ट्रिय खेलकुद परिषद अन्तर्गत नेपाल कराते महासंघमा बि.स. २०५६ बैशाख १० गते दर्ता भएको थियो । यस शाखा डोजो नक्साल एक गैर सरकारी, गैर राजनीतिक र गैर नाफा मुलक बिशुद्ध सामाजिक संस्था हो । यो शाखा डोजो नक्सालले हालसम्म १९२५ जना खेलाडी उत्पादन गरिसकेको छ । जसमध्ये ९५ जना ब्ल्याक बेल्ट फस्ट डान, २७ जना ब्ल्याक बेल्ट सेकेण्ड डान र नौ जना ब्ल्याक बेल्ट तेस्रो डान प्राप्त गर्न सफल भएका छन् । उक्त ब्ल्याकबेल्ट प्राप्त प्रशिक्षकहरु नेपालका विभिन्न ठाउँहरु लगायत अन्तराष्ट्रिय जगतमा पनि प्रशिक्षण दिइरहेका छन् । जस्तै गोरखामा सूर्यप्रसाद नेपाली , पाल्पामा विनोद काफ्ले जितपुर बारामा मनिषकुमार सराफ, अमेरिकाको अलास्कामा भीमबहादुर खत्री र जापानमा सृजना सापकोटाले प्रशिक्षण गराईरहेका छन् । यस शाखा डोजो नक्सालले राष्ट्रिय स्तरमा मात्रै नभई अन्तर्राष्ट्रिय स्थरमा पनि सहभागपता जनाई राष्ट्रका निम्ति पदक दिलाई आफ्नो स्थान खेलकुदको क्षेत्रमा छुट्टै र स्थापित बनाउन सफल भईसकेका छन । यस शाखा दोजो नक्सालले हालसम्म ७ वटा सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता, २ वटा राष्ट्रिय कराते प्रतियोगिता, ४ वटा वागमती अञ्चल स्तरीय प्रतियोगिता, ६ वटा उपत्यका स्तरीय कराते प्रतियोगिता, १ वटा काठमाडौं जिल्ला कराते प्रतियोगिता, १ वटा प्रथम अन्तरडोजो कराते प्रतियोगिता, १ वटा खुला आमन्त्रण बृहत खेल प्रदर्शन तथा खेलाडी सम्मान कार्यक्रम र ५ वटा ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रमको सफल आयोजना गरिसकेको छ । यस शाखा डोजो नक्सालले राष्ट्रका निम्ति अनुशासित,जेहेन्दार,दक्ष,कुशल,योग्य ब्यक्तीहरु कराते खेलको माध्यमवाट उत्पादन गरिरहने साथै आफ्नो बार्षिक कार्यक्रमहरु निरन्तर रुपमा आयोजना गरिरहने र सदा राष्ट्रको हितमा निरन्तर लागिरहने प्रतिबद्धता ब्यक्त गर्दछौ ।

Nepal Shito-Ryu-Karate-Do-Association has been established in Kathmandu on October 20, Kathmandu Municipality ward No 1 Naxal. The Dojo is registered on Nepal Karate Federation under the National Sports Council 1999.This branch dojo is a non-governmental, non-political, non-profit organization. This branch Dojo Naxal has produced 1,925 players today. Out of which 95 black belts were first DAN, 27 Black Belt Second DAN and nine Black Belts have been successful to get third-DAN. The trained black belt trainers are also doing training in different areas of Nepal, including international organizations. Like Surya Prasad Nepal in Gorkha, Vinod Kafle in Palpa, Manish Kumar Saraf in Jitpur Bara and Bhim Bahadur Khatri in Alaska, USA and Shrijana Sapkota is in Japan. This branch Dojo Naxal has also been engaged in international sports competition, not only at national level but also in the field of sporting space for the country. The Branch Dojo Naxal has recently conducted 3 international tournaments, 2 national sports tournaments, 4 Bagamati zonal level tournaments, 6 Valley level karate competition, 1 Kathmandu district sports tournament, 1 first interdojo karate competition, 1 open invitational demonstration and 3 Black Belt Grading Program has been organized.

Leave a Reply

Your email address will not be published. Required fields are marked *