nepalkarate.org

History

नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्साल २०५५ साल चैत्र २३ गते काठमाडौं महानगरपालिका वडा नं १ नक्साल काठमाडौंमा स्थापना भएको हो । यस डोजो राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको नेपाल कराते महासंघमा २०५६ साल वैशाख १० गते दर्ता भएको हो । यस शाखा डोजो नक्साल गैर सरकारी, गैरराजनीतिक, गैर नाफामुलक विशुद्ध सामाजिक संस्था हो । यस शाखा डोजो नक्सालले हालसम्म १ हजार ९ सय २५ जना खेलाडिहरु उत्पादन गरिसकेको छ । जसमध्ये ९५ जना ब्ल्याक बेल्ट प्रथम डान, २७ जना ब्ल्याक बेल्ट दोस्रो डान र ९ जना ब्ल्याक बेल्ट तेस्रो डान प्राप्त गर्न सफल भइसकेका छन् । उक्त ब्ल्याक बेल्ट प्राप्त प्रशिक्षकहरु नेपालका विभिन्न जिल्लाहरु लगायत अन्तर्राष्ट्रिय क्षेत्रमा पनि कराते प्रशिक्षण गराइरहेका छन् । जस्तै गोरखामा सुर्यप्रसाद नेपाली, पाल्पामा विनोद काफ्ने, जितपुर बारामा मनिसकुमार सर्राफ र अमेरिका स्थित अलास्कामा भिमबहादुर खत्री र जापानमा सिर्जना सापकोटाले प्रशिक्षण दिइरहेका छन् । यस शाखा डोजो नक्सालले राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा पनि सहभागिता जनाई राष्ट्रका निम्ति पदक दिलाई खेलकुद क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल भइसकेको छ । यस शाखा डोजो नक्सालले हालसम्म ३ वटा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता, २ वटा राष्ट्रिय कराते प्रतियोगिता, ४ वटा वागमती अञ्चल कराते प्रतियोगिता, ६ वटा उपत्यकाव्यापी कराते प्रतियोगिता, १ वटा काठमाडौं जिल्लाव्यापी कराते प्रतियोगिता, १ वटा प्रथम अन्तरडोजो कराते प्रतियोगिता, १ वटा खुल्ला आमन्त्रित डेमोन्स्ट्रेसन र ३ वटा ब्ल्याक बेल्ट ग्रेडिङ्ग कार्यक्रमको आयोजना गरिसकेको छ ।

Nepal Shito-Ryu-Karate-Do-Association has been established in Kathmandu on October 20, Kathmandu Municipality ward No 1 Naxal. The Dojo is registered on Nepal Karate Federation under the National Sports Council 2056.This branch dojo is a non-governmental, non-political, non-profit organization. This branch Dojo Naxal has produced 1,925 players today. Out of which 9 5 black belts were first Dan, 27 Black Belt Second Dan and nine Black Belts have been successful to get third-Don. The trained black belt trainers are also doing training in different areas of Nepal, including international organizations. Like Surya Prasad Nepal in Gorkha, Vinod Kafle in Palpa, Manish Kumar Saraf in Jitpur Bara and Bhim Bahadur Khatri in Alaska, USA and Sirjana Sapkota is in Japan. This branch Dojo Naxal has also been engaged in international sports competition, not only at national level but also in the field of sporting space for the country. The Branch Dojo Naxal has recently conducted 3 international tournaments, 2 national sports tournaments, 4 Bagamati zonal level tournaments, 6 Valley level karate competition, 1 Kathmandu district sports tournament, 1 first interdojo karate competition, 1 open invitational demonstration and 3 Black Belt Grading Program has been organized.

Affiliated With