nepalkarate.org

छैठौं सगरमाथा अन्तराष्ट्रीय कराते पौष २७ देखि काठमाडौंमा हुने
काठमाडौं । नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसारशाखा डोजो नक्सालको २१ औं बार्षिकोत्सवको अवशरमा छैठौं सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता यही पौषको २७ देखि शुरु हुने भएको छ ।

प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत , बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटानका करिव २५ सय खेलाडी, प्रशिक्षक, निर्णायक तथा अफिशियलहरुको सहभागिता रहनेछ । पुरुष तर्फको जुनियर तथा क्याडेट ईभेन्टसमा २०,२३,२५,२७,३०,३३,३५,४० र पुरुष कै सिनियर तर्फ ४५—५०,—५५,—६०,—६७ —७५,—८४ र ं८४ देखि माथिको तौल समुहमाका साथै एकल काता र टिम काता गरी १८ ईभेन्टस् र महिला तर्फ जुनियर तथा क्याडेट २०,२३,२५,२७,३०,३३,३५,४० र महिला कै सिनियर तर्फ ४५,—५०—५५ —६१ —६७, र ६८ किलो तौल समुहमा तथा एकल काता र टिम काता सहित १७ ईभेन्टस् गरी कुल ३७ स्वर्ण पदकका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ ले जानकारी गराए ।

दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रीय खेलाडीहरु लगायत हजारौं खेलाडीहरु उत्पादन गर्न सफल यस शाखाले प्रत्येक बर्ष आफ्नो बार्षिक कार्यक्रम र खेल गतिविधि सन्चालन गर्ने डोजोको रुपमा परिचित रहेका छन । शाखा डोजो नक्सालले यस अघि आफ्नो २० बर्षे यात्रा पुरा गर्दै २० वटा बिभिन्न प्रतियोगिता सम्पन्न गरिसकेको छ भने गत बर्ष सन्चालन भएको पाँचौं सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगितामा नेपालको तर्फबाट आयोजक टिम नक्साल डोजो ६ स्वर्ण ७ रजत र ५ कास्य पदक सहित टिम प्रथम भएको थियो ।

शाखा डोजो नक्सालद्धारा प्रत्येक बर्ष निरन्तर सन्चालन भईरहने यस बर्षको यो प्रतियोगिता समग्रमा नक्सालको २१ औं कार्यक्रम हो । दुई दिन सम्म निरन्तर चल्ने उक्त प्रतियोगिताका खेलहरु नक्साल नारायणचौर स्थित स्टार भेन्युमा संचालन हुनेछ ।



Affiliated With