nepalkarate.org

नक्साल डोजोमा ग्रेडिङ्ग सम्पन्न

काठमाडौं । नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालमा सिनियर तथा जुनियर ग्रेडिङ्ग शनिवार एक कार्यक्रम बिच सम्पन्न भएको छ । ग्रेडिङ्गमा ह्वाईट बेल्ट देखि सिनियर ब्राउन बेल्ट सम्मका खेलाडीहरुले सहभागीता जनाएका थिए । ह्वाईट बेल्ट देखि अरेन्ज बेल्टमा उत्तीर्ण हुन सफल हुनेहरुमा रुबिना बरुवाल ,पन्सुल महर्जन, नम्रता माझी ,आयुष केसी, प्रसन्न दाहाल, सनिस्का श्रेष्ठ,  दिज्ञ केसी, खुशी बुढामगर ,अर्पन श्रेष्ठ र अमित मगर रहेका छन । त्यसैगरी अरेन्ज बेल्ट देखि हाफ ग्रीन तर्फ कुशल खत्री,  कौसल खत्री, राजेन्द्र पुरी, नितास माझी , रिसभ सिंह, मोहम्मद हम्जा, दिज्ञ शाह, कृती भण्डारी , प्रतिका कुँवर, शाश्वत थापा उत्तीर्ण भएका छन । यस्तै हाफ ग्रीन देखि ग्रीन बेल्टमा उत्तीर्ण हुनेहरुमा आभूषण बोहरा, निसान ताम्ली, अनिस तामांग, प्रत्युस महर्जन, गृष्मा तामांग रहेकाछन । त्यसैगरी ग्रीन बेल्ट देखि स्टेप ब्राउन तर्फ बिबोन कार्की,दिपेश तामांग,बिबोध कार्की,सुशान्त चौधरी सफल भए । स्टेप ब्राउन देखि जुनियर ब्राउन बेल्टमा अभय खपांगी, बिकाश श्रेष्ठ,रोजन अधिकारी,अभिलाशा थापा र बिनु माझी उत्तीर्ण हुन सफल भए भने जुनियर ब्राउन देखि सिनियर ब्राउन तर्फ सोहन गौतम उत्तीर्ण हुन सफल भए ।  

४५ जना खेलाडी सहभागी रहेको उक्त ग्रेडिङ्ग नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता एवं नेपाल स्वयम सेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष एबम् अन्तराष्ट्रिय निर्णायक गजेन्द्र बहादुर खपाँगी ुईश्वरु ले लिएका थिए । पुरुष तर्फ रोजन अधिकारी र महिला रुबिना वरुवाल उत्कृष्ठ खेलाडि घोषित भए । उत्तीर्ण हुन सफल खेलाडिहरुलाई नक्साल डोजोका अध्यक्ष गजेन्द्र बहादुर खपाङ्गी , उपस्थित, अथिति, अभिभावक  लगायतले अविर,प्रमाण(पत्र तथा बेल्ट बितरण गर्नुभयो । उक्त कार्यक्रममा राष्ट्रिय खेलाडि तथा स(प्रशिक्षकहरु आकाश पाल, उमेश गुरुङ्ग, रश्मिता श्रेष्ठ, शाखाडोजो नक्सालका उपाध्यक्ष सोमलाल बलामी, कोषाध्यक्ष एबम स(प्रशिक्षक पुनम थापा, सदस्य तथा प्रबक्ता पुष्पराज गिरि,सल्लाहकार राजेन्द्र बहादुर पाल, नक्साल डोजोका पदाधिकारीहरु, अभिभाबक, लगायत  खेलप्रेमी हरुको उल्लेख्य उपस्थिती रहेको थियो । नक्साल डोजोको विभिन्न शाखाको रुपमा काठमाण्डौं उपत्यकामा ज्ञानेश्वर डोजो, मनमानेश्वरी डोजो,बिग वुध्द डोजो,भगवती डोजो र उपत्यका बाहिर सिमरा डोजो र गढिमाई डोजो सन्चालनमा रहेको छ ।




Affiliated With