nepalkarate.org

रा.खे.प. द्धारा खेलाडीहरु सम्मानित
काठमाण्डौं भाद्र १९
राष्ट्रिय खेलकुद परिषदको ५४ औं बार्षिक उत्सव को अवशरमा,यूवा तथा खेलकुद मन्त्रालय र राखेप.द्धारा संयुक्त आयोजित अन्तराष्ट्रीय पदक प्राप्त गर्न सफल सम्पूर्ण खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गर्ने क्रममा,हाम्रो डोजो बाट प्रतिनिधित्व गर्दै अन्तराष्ट्रीयस्तरमा मुलुकको नाम फैलाउन सफल
खेलाडीहरु आकाश पाल, प्रज्ञा खपाँगी ,रश्मिता श्रेष्ठ,उमेश गुरुंग,जस्मिन श्रेष्ठ ,आशीष पाल,लगायत सम्पूर्ण खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्टले एक विशेष कार्यक्रम बिच नगद पुरस्कार सहित सम्मान गर्यो । बिभिन्न खेलका करिब तिन सय जना खेलाडिहरु सम्मानित गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा युवा तथा खेलकुद मन्त्री राजन कुमार के.सी. हुनुहुन्थ्यो । भने अन्तराष्ट्रीय प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडीहरुलाई प्रमाण पत्र सहित प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश: १५ हजार, ८ हजार र ४ हजार रुपैयां प्रदान गरिएको थियो ।



Affiliated With