nepalkarate.org

News

छैठौं सगरमाथा अन्तराष्ट्रीय कराते पौष २७ देखि काठमाडौंमा हुने

नक्साल डोजोमा ग्रेडिङ्ग सम्पन्न


एशिया कप करातेमा नेपाललाई सात स्वर्ण
काठमाडौं । भारतको मुम्बईमा सम्पन्न भएको एशिया कप चौंथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले उत्कृष्ठ प्रदर्शन गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ । प्रतियोगितामा नेपालको तर्फबाट सहभागी नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालका खेलाडिहरुले ७ स्वर्ण, ३ रजत र २ काँस्य पदक सहित उत्कृष्ठ टिम घोषित हुन सफल भएका थिए । नेपालको तर्फबाट ९ देखि १० वर्ष उमेर समुहमा रेहान जावेदले कुमिते तथा एकल कातामा दोहोरो स्वर्ण प्राप्त गर्न सफल भए । उनले कुमितेमा पहिलो चरणमा आयोजक भारतलाई ४–० ले हराउँदै सेमी फाइनलको यात्रा तय गरेका थिए ।

कराते टोलीको विदाई
काठमाडौं । भारतको मुम्बईमा आयोजना हुने एशिया कप चौंथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने कराते खेलाडिको एक कार्यक्रमबीच शुक्रबार विदाई गरिएको छ । कराते टोलाीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघ तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दाबा गुरुङ्गले खादा र अविर लगाएर विदाई गर्नुभयो । उहाँले खेलाडिहरुलाई सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । डिसेम्बर २३ र २४ सम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गी ‘ईश्वर’को नेतृत्वमा ११ सदस्यीय खेलाडिहरुको टोली शनिवार प्रस्थान गर्दैछ । प्रतियोगितामा चिल्ड्रेन ९ देखि १० वर्ष उमेर समुहमा रेहन जावेद, ४५ के.जी तौल समुहमा वाङचुक तामाङ्ग


चौंथो सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न
नेपाल सितोरियो कराते संघको वार्षिक कार्यतालिका अनुसार शाखा डोजो नक्सालले हरेक वर्ष आयोजना गर्दै आएको चौंथो सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०७४ सम्पन्न भएको छ । यस वर्षको पौष २६ र २७ गते संचालन भएको प्रतियोगतामा नेपालका विभिन्न क्षेत्रका साथसाथै मित्रराष्ट्रहरु भारत, बंगलादेश, भुटान र पाकिस्तानका खेलाडिहरुको उत्साहजन रुपमा सहभागीता रहेको थियो । करिव १५ सय भन्दा बढी खेलाडि, प्रशिक्षक तथा आगन्तुकहरुको सहभागीता रहेको उक्त प्रतियोगिता कुल ३० स्वर्ण पदकका लागि प्रतिष्पर्धा गराईएको थियो ।

नेपाल सहित ५ देशका खेलाडि सहभागी हुँदैछन् : थापा
नेपाली खेलकुद क्षेत्रमा ईश्वर थापा’गजेन्द्र’ नौलो नाम होईन । पूर्व अन्तराष्ट्रिय खेलाडीको पहिचान बनाई सकेका उनी करिव साढ़े दुई दशक भन्दा लामो समय देखि कराते खेलका माध्यमबाट खेलकुद क्षेत्रमा सक्रिय छन् । नेपाल सितोरियो कराते संघका केन्द्रीय सचिव तथा प्रवक्ता रहेका उनले लामो समयदेखि सितोरियो कराते संघको शाखा डोजो नक्सालका अध्यक्ष तथा प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् । यसैगरी नेकपा (माओवादी केन्द्र ) निकट रहेको अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष समेत भइ आफ्नो सक्रियता बढाइरहेका छन् ।


रा.खे.प. द्धारा खेलाडीहरु सम्मानित
काठमाण्डौं भाद्र १९
राष्ट्रिय खेलकुद परिषदको ५४ औं बार्षिक उत्सव को अवशरमा,यूवा तथा खेलकुद मन्त्रालय र राखेप.द्धारा संयुक्त आयोजित अन्तराष्ट्रीय पदक प्राप्त गर्न सफल सम्पूर्ण खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गर्ने क्रममा,हाम्रो डोजो बाट प्रतिनिधित्व गर्दै अन्तराष्ट्रीयस्तरमा मुलुकको नाम फैलाउन सफल खेलाडीहरु


Affiliated With