nepalkarate.org

Message

सर्वप्रथम हाम्रो यो वेवसाइटसँग जोडिनु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद, नमस्कार, अभिवादन तथा हुस् । नेपाली कराते खेलको इतिहासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भइसकेको यस नेपाल सितोरियो कराते डो संघ शाखा डोजो नक्सालको वेवसाइट सञ्चालन गर्नुको मुख्य कारण विश्वभर रहेका सम्पूर्ण खेलका (विशेष गरी कराते खेल) का खेलाडि, प्रशिक्षक, निर्णायक एवं खेल कर्मीहरुमाझ प्रत्यक्ष पुग्ने अभिप्रायले समग्र खेल क्षेत्रको प्रत्यक्ष जानकारी प्राप्त गर्ने उद्देश्यका साथ कराते खेलको माध्यमबाट सवैसँग नजिकबाट परिचित भई भाइचारा र मित्रताको दीगो सम्बन्ध स्थापित गर्न मद्दत पुगोस् भन्ने हो । हाम्रो मुलुक विश्वको तुलनात्मक हिसावले आर्थिक अवस्थामा कमजोर भएता पनि हाम्रो देशमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदूत गौतम बुद्ध, सीता र भृकुटीहरुको जन्महुनु र हिन्दूहरुको पवित्र भगवान श्री पशुपतिनाथ नेपालमा हुनु र प्राकृतिक सम्पदाको दृष्टिले विश्व मानचित्रमै अग्रपंक्तिमा हुनुले हामी हाम्रो देशको आर्थिक कमजोरी र गरिविका समस्याहरुको बाबजुद पनि नेपाली हुनुमा गौरवान्वित महसुस गर्छौं । अझ हाम्रो देशको मौलिक परम्परा, सांस्कृतिक भेषभुषा, विभिन्न जातजाति र धर्मावलम्बीहरु बीचको अटुट एकता नै नेपाली हुनुको एक अर्को विशेषता हो । बहुजाति, बहुभाषिक, बहुसंस्कृतिबीच परिचित हुँदै आएको हाम्रो देश नेपाल अब आगामि दिनमा कराते खेलको माध्यमबाट पनि वीर नेपाली कराते खेलाडिहरुको देश भनेर विश्वसामु परिचित गराउने हाम्रो लक्ष्य, उद्देश्य र चाहना हो । यसै सन्दर्भमा हामी सदा विश्वका सवै खेलकर्मीहरुको अटुट माया र सम्बन्ध गाढा रुपले स्थापित होस् भन्ने कामना गर्दै हामीमा भएको कमीकमजोरीहरुलाई सुदृढ गर्दै अगाडि बढ्ने प्रतिवद्धता र दृढताका साथ तपाईं सवै खेलकर्मीहरुलाई हामीसँग हातोमालो गरी अघि बढ्न र बढाउन मद्दत गर्न अनुरोध गर्न चाहन्छु । हुस् । जय कराते जय खेलाडि ।



 
गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’
अध्यक्ष तथा प्रमुख पशिक्षक

First of all thank you everyone,  for joining us  with the website, Hello, Hi, and Ouss. Nepal offer  in the history of their own identity succeeded  in Nepali karate Games.The website operation is the primary reason the world in all the games  to connect the players, coaches, judges and sports  directly.  Through this all stakeholders and  playing with, aim of getting information Knowing that close-hearted relationship with brotherhood and friendship can help you to establish a good relationship. Our country is in the world Comparison In terms of the economic situation is weak, beside this  known in the world as  world`s highest peak (Mt. Everest), Gautama Buddha (the messenger of peace), Sita and Bhrkuti`s Motherland and Hindus to Lord Pashupatinath Temple in Nepal.  Natural heritages point of view, the world` map   suggests that our country`s economic weakness can be the foundation to build  economy development despite all problems. Nepal,  original tradition of our country, cultural attire, unbreakable unity between the various ethnic Groups, Nepal being a buddhist is another feature. Multi-ethnic, multi-lingual,  has become well acquainted with our country in the coming days,  provide game players through the brave Nepalese offer our goal to introduce the country to the world. In this regard, we are always in constant love and relationship with the world. We wish to strengthening, commitment and determination to move forward with you to reach out and build all relationship between us and  would like to request necessary help from your side.. Yes Jai karate jay player Ouss...


  
Gajendra Bdr. Khapangi `Ishwor`

President / Chief Coach

Affiliated With